काठमाडाैं ।। भारतले चन्द्रमामा पठाएको चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गर्दैछ । चन्द्रमाको सतहको ज्यादै नजिक पुगेको भनिएको यानमा अहिलेसम्म कुनै समस्या नरहेको र भारतीय समय अनुसार आज बुधबार साँझ ६ बजेर ४ मिनेट जाँदा यान चन्द्रमाको सतहमा अवतरण गराइने भारतीय अन्तरीक्ष संस्था इसरोलाई उद्धतगर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
‘यदि चन्द्रयान ३ सफलतापूर्वक अवतरण भएमा भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलता प्राप्त गर्ने पहिलो राष्ट्र बन्नेछ,’ बीबीसीले लेखेको छ ।
यसको उद्देश्य पानीको सम्भावनासहितको बरफको खोजी हो । त्यसले चन्द्रमामा मानिसको बसोबासको सम्भावनालाई सहयोग गर्ने ठानिएको छ । यानको सफल अवतरणका लागि गति ज्यादै सुस्त बनाइएको छ । चन्द्रमाको दक्षिणी भागमा यानलाई अवतरण गराउन लागिएको हो ।
अवतरणका लागि यानको गति प्रति सेकेन्ड एक देखि दुई मिटरमा सीमित गरिएको छ । चन्द्रयान– २ असफल भएपछि १४ जुलाईमा चन्द्रयान–३ मिसन प्रक्षेपण गरिएको थियो । ५ अगस्टमा चन्द्रयान–३ चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो ।
चन्द्रयान-३ लाई चन्द्रमामा अवतरण गराइँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












