काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा बोलाएको बैठकमा एमाले नेताहरू सहभागी नभएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गरेका छन्। मंगलबार दिउँसो पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीको छाया परेकाले  एमालेका नेताहरू सर्वदलीय बैठकमा नआएको बताउनुभएको हो । उहाँले माधव नेपालको छाया बैठकमा परेकाले एमालेका नेता अनुपस्थित भएका बताउनुभयो ।
‘आज राष्ट्रपतिले एउटा बैठक बोलाउनु भएको थियो । पार्टीको तर्फबाट म पनि गाथे। थाहा छैन मलाई के कारणाले हो एमालेका नेताहरू आएनन्,’उनले भने,’ संवभत त्यहाँ माधव नेपालको छायाँ, एकीकृत समाजवादीको छायाँ परेर होला। आउने काम भएन।’
उनले आफू एमालेजस्तो संकीर्ण र सानो चित्त नभएको बताउँदै राष्ट्र, जनताका मुद्दामा हातेमालो गर्दै अगाडि बढिरहेको जिकिर गरे।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदको गतिरोधबारे छलफल गर्न मंगलबार बिहान सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा एमाले सहभागी भएन। एमालेबाहेक प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपा सभापति रवि लामिछाने, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेकपा एसका नेता मेटमणी चौधरी, जनमत पार्टीका नेता अब्दुल खान, रक्षामन्त्री पूर्णबहादुर खड्का लगायतका नेताहरु बैठकमा सहभागी थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here