काठमाडौँ ।। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय राजनीतिमा सक्रियता देखाउन नखोजेको बताएका छन् । आज आफैँले शीतल निवासमा बोलाएको सर्वदलीय बैठकमा राष्ट्रपति सक्रिय हुन खोजेको भन्दै एमाले अनुपस्थित भएपछि उनले आफू लोकतन्त्रका लागि धेरै दुःख पाएको कार्यकर्ता भएकाले सक्रियता देखाउन नखोजेको बताए ।
राष्ट्रपति पौडेलले संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको उल्लेख गर्दै संंविधानमा रहेको यो जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा आफू सधैँ चिन्तित रहेको बताए ।
उनले संविधानले दिएको अधिकारअनुसार संविधानको संरक्षण, पालना गर्ने समेत बताए । उनले भने, ‘सर्वदलीय बैठक राखेर मैले सक्रियता देखाउन खोजेको होइन, म पनि लोकतन्त्रका लागि धेरै दुःख पाएको मानिस हुँ। त्यसैले राष्ट्रप्रतिको यो मेरो चिन्ता हो।’
सर्वदलीय बैठक राखेर मैले सक्रियता देखाउन खोजेको होइन- राष्ट्रपति पौडेल
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












