विराटनगर ।। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिने निर्णय भएको बताउनुभयो ।
उपसभामुख सिर्जना दनुवारले स्वास्थ्यमा समस्या आएको भन्दै बैठकमा उपस्थित हुन असमर्थ रहेको सूचना दिएपछि प्रदेश सभाको बैठक के हुने भन्ने अनिश्चित अवस्था उत्पन्न भएको छ । केहीबेर अघि बसेको गठबन्धन दलको बैठकले आजै विश्वासको मत लिने निर्णय गरेको छ ।





