रौतहट ।। रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ सोवरनामाई मन्दिर नजिक पच्छिम तर्फमा रहेको लालबकैया नदीले कटान गर्न लागेका बांधलाइ सुरक्षित गर्न गौर नगरपालिकाले बासको पाइलिंग गर्न शुरू गरेको छ !
लालबकैया नदीमा आएको बाढ़ीले कटान गर्न लाग्दा बाँधको क्षति हुन बाट जोगाउनको लागि नगरपालिकाले तीन ठाउमा अस्थायी स्पोर बनाउन लागेको हो ! नदीको मुख्यधार बांध देखि १० मीटरको दुरीमा रहेकोले बांध क्षति हुने जोखिमलाइ मध्यनजर गर्दै नगर प्रमुख शम्भू साहको निर्देशनमा बासको पाइलिंग गर्न लागिएको गौर नगरपालिकाका निमित प्रमुख प्रशाकिय अधिकृत शुभाष ठाकुरले बताएका छन !
बागमती तथा लालबकैया नदी नियंत्रण आयोजना कार्यालय परवानीपुरले लालबकैया र बागमती नदीको बांधको सुरक्षित गर्ने जिम्मेवारी लिएपनि कार्यालयले समयमा गंभीरता नदेखाएकोले नगरपालिकाले तत्काल बांधको सुरक्षा गर्नको लागि बोरामा माटो हालेर स्पोर बनाऊंन लागेको हो !
राजदेवी नगरपालिकाको वड़ा नम्बर ९ ब्रह्मपुरी नजिक पनि बांध उच्च जोखिममा रहेको छ ! गौर देखि पूर्व रहेको बागमती र पच्छिममा रहेको लालबकैया नदीले कटान गर्न लागेकोले सदरमुकाम गौर डुवान हुने जोखिम बढेको छ !
गौर नगरपालिकाले आफ्नो निजी स्रोतबाट पाइलिंगको काम शुरू गरेको छ भने राजदेवी नगरपालिकाले पनि कटान भैरहेको ठाउमा नियंत्रणको लागि स्पोर बनाउने कार्य पनि शुरू गरेको देखिएको छ !
दुइ ठूला नदी रौतहटमा रहेको र नियंत्रण गर्ने कार्यालय परवानीपुर पर्सामा राखिएको कारन बांध मरमत कार्य समयमा हुन नसक्ने अवस्था सृजना भएको हो ! बांध को हुन सकने संभावित ख़तरालाइ जोगाउन नगरपालिकाको तर्फ बाट ३ स्थानमा स्पोर बनाउने कार्य तीब्र पारिएको नगर प्रमुख साहको भनाइ रहेको छ !
प्रकोप बाट नगर र नगरबासीलाइ जोगाउने प्रमुख कर्तव्यको निर्बाह गर्न लागेको साहले बताए ! बांध सुरक्षित गर्न स्थायी स्पोरको निर्माणको लागि पहल गरिरहेको उहाले बताए !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here