रौतहट ।। आरती साहको हत्याको निषपक्ष रुपमा छानबिन गरि कानुनी कार्यवाहीमा ल्याउन माग गर्दै नेपाल स्वयम संघ मधेश प्रदेश समितिले प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाएका छन्!
काठमाडौँको माइतीघरमा न्यायको माग गर्दै 64 दिन देखी आरती साहको परिवार आन्दोलन गर्दै आएको क्रममा सरकारले माग सम्बोधन गर्नुको साटो प्रहरी प्रयोग गरेर दबाउन खोजेको प्रति आक्रोश जनाउदै महिलाको समबेदनशील अंग छुने पुरुष प्रहरीलाइ कानुनी कार्यवाही गर्न माग गरेका छन्!
नेपाल स्वयम् संघको मधेश प्रदेश फोकल पर्सन पुजा पाठकले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाइ बुझाएका ज्ञापन पत्रमा दाइजोको निहुमा हत्या गरिएको घटनालाइ दवाउन प्रयास गरिएकोमा छानबिन गरि दोषी उपर कानुनी कार्यवाही गरि पिडित परिवारलाइ न्यायको अनुभूति गराउन प्रधानमन्त्री सित आग्रह गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ!
सरकारले कुनै सुनुवाइ नगरी अभियुक्तलाई जोगाउने नियत राखेर पीड़ित परिवारको आन्दोलन समाप्त पार्ने गरी सरकारको निर्देशनमा प्रहरी द्वारा गरिएको ज्यादती, शोषण, दमन प्रति स्वयंसेवक संघकाे ध्यानाकर्षण भएको भन्दै न्याय पाउने आशा हराउँदै गएपछि आफ्नो जीवनको प्रवाह नगरी न्यायको लागि धरनामा बसेका आरतीका बुबा बिनोदप्रसाद, आमा निर्मला देवी, भाइ प्रेम, बहिनी मनीषा, मामा सन्तोषकुमार, आफन्त र समर्थकले सोमबार प्रदर्शन गर्ने क्रममा सिंहदरबारको दुई नम्बर गेट पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । महिला प्रहरी हुदा हुदै आन्दोलनरत महिलालाई पुरुष प्रहरीले शरीरका संबेदनशील अंगमा हात हालेको घटना सामाजिक संजालमा व्यापक रुपमा चर्चामा आएको देखिदा नेपाल सरकारका गृह मंत्रालयको आदेशमा आन्दोलनकारीलाई पक्राउ गर्न गएका पुरुष प्रहरीले महिला माथि गरेको दुर्व्यवहार प्रति घोरं निन्दा गरेको छ ।
प्रत्येक नेपाली नागरिकको न्याय पाउने अधिकार नेपालको संविधानमा सुनिश्चित गरेको अवस्थामा पनि दाइजो निहुमा गरिएको हत्याको घटनामा निष्पक्ष छानबिन हुनु पार्ने माग गर्दै महिनौ देखि भोक प्यास त्याग गरी आन्दोलन गरिरहेका मृतक आरती साहको परिवार प्रति नेपाल स्वयम् सेवक संघ ले एकबद्धता जनाएको छ!
धनुषाको नगराइन नगरपालिका-८ खिरखिरियाकी आरती र जनकपुरधाम ९ धापाचोकका मोतीबाबु साहबीच ०७८ असार २९ मा मागी विवाह भएकोमा विवाहको केही समयपछि श्रीमानले आरतीलाई दाइजोको दबाब र यातना दिदै आएकोमा गत जेठ ७ गते आरती घरको कोठाभित्र पंचामा सलको पासो लगाएको अवस्थामा भेटिएकी थिइन ।
माइती पक्षले उनको आत्महत्या नभई दाइजोको निहुँमा हत्या भएको आशंकामा निष्पक्ष छानबिन गरी घटना दवाउने प्रयास गर्न उजुरी लिन अटेर गर्दै पीडितमाथि कुटपिट गर्ने धनुषाका एसपी विश्वराज खड्का र डीएसपी बेदप्रसाद गौतमलाई निलम्बन गरी कारबाही गर्नुपर्ने, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सीबाईबीद्वारा जाँच हुनुपर्ने, जाहेरी दिएका सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, पीडितलाई उचित क्षतिपूर्ति तुरन्त दिनुपर्ने आग्रह गर्दै पिडितको. मागको सम्बोधन गरिएन भने आन्दोलनमा जाने बिज्ञप्ती मार्फत चेतावनी समेत दिइएको छ!
ज्ञापन पत्र बुझाउन मधेश प्रदेशका फाेकल पर्सन पुजा पाठक र राैतहटका फाेकल पर्सन राकेश यादव लगायत सन्चारकर्मी किशोरी यादव, सत्येन्द्र प्रताप सिंह, राम एकबाल साह, दिलिप पाण्डे, प्रेम शंकर यादव, श्रीकान्त यादव, हनुमत यादव सहितको सहभागिता रहेको थियो!

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here