काठमाडाैं ।। भारतका पूर्वकेन्द्रीय मन्त्री तथा डेमोक्रेटिक प्रोग्रेसिभ आजाद पार्टीका अध्यक्ष गुलाम नबी आजादले भारतका सबै मुस्लिम पहिले हिन्दू भएको दाबी गरेका छन् । यससँगै उनले कश्मिरमा बसोबास गर्ने मुस्लिम समुदायविरुद्ध पनि टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘कश्मिरमा बस्ने सबै मुस्लिम हिन्दू धर्मबाटै रूपान्तरण भएका हुन् ।’ आजादले भने, ‘इस्लाम १५०० वर्षअगाडि आएको हो, हिन्दू धर्म धेरै पुरानो हो। १०–२० जना बाहिरबाट आएका होलान्…जो मुगलको सेनामा थिए। बाँकी सबै भारतमा हिन्दूबाट मुस्लिम बनेका हुन्। यसको उदाहरण हाम्रो कश्मिरमा छ। ६०० वर्ष पहिले कश्मिरमा को थिए मुस्लिम? सबै कश्मिरी पण्डित थिए ।’ बीबीसी हिन्दी

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here