पाकिस्तान ।। पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर उल हक काकर चयन भएका छन् । निवर्तमान प्रधानमन्त्री शाहबाज सरिफ र विपक्षी नेता राजा रियाजबीचको सहमतिपछि काकरको नाम कार्यबाहक प्रधानमन्त्रीका लागि अनुमोदन गरिएको हो । अब हुने आम निर्वाचन उनकै नेतृत्वमा हुनेछ ।
उनले आइतबार कार्यबाहक प्रधानमन्त्रीको रुपमा शपथ लिने छन् । काकर बलुचिस्तान प्रान्तका हुन् । पाकिस्तानको माथिल्लो सदन सिनेटमा उनलाई स्वतन्त्र सांसद मानिन्छ । तर, उनी पाकिस्तानी सेनासँग निकट सम्बन्ध राख्ने बलुचिस्तान अवामी पार्टीसँग आवद्ध रहेको स्थानीय समाचार संस्थाहरूले जनाएका छन् ।
पाकिस्तान सरकारको सिफारिसमा राष्ट्रपति आरिफ अल्बीले गत बुधबार मध्यराति संसद विघटनलाई सदर गरेका थिए । संसद विघटन भएको मितिदेखि ९० दिनभित्र पाकिस्तानमा आम निर्वाचन गराउनुपर्ने छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।