काठमाडाैं ।। जनता समाजवादी पार्टी (जसपा)ले गौर घटनाको १७ वर्षपछि सरकारले पीडित पक्षसँग सम्झौता गर्नु रहस्यपूर्ण भएको बताएको छ।
जसपाले शुक्रबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै घटनाका बेला काठमाडौंमा रहेका पार्टी अध्यक्ष उपेन्द्र यादवलाई षड्यन्त्रपूर्ण ढंगले फसाउन खोजिएको भन्दै आपत्ति जनाएको छ। उसले गौर घटना संसदीय समिति बनाएर छानबिन गर्न पनि माग गरेको छ।
‘रौतहटको गौरमा फोरमका कार्यकर्तालाई माओवादी छापामारले वाइसिएलको ड्रेसमा आक्रमण गरे, त्यसपछी कार्यक्रममा आएका जनताले प्रतिकार गर्दा गरेर दुःखद घटना भयो,’ पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता मनीषकुमार सुमनले भने।
उनले त्यतिबेला उपेन्द्र यादव काठमाडौंमा रहेको पनि बताए । ‘त्यसको दोषी तत्कालीन मधेसी मुक्ति मोर्चाका महासचिव प्रभु साह हुन्,’ उनले भने, ‘त्यसपछि हामीसँग माओवादीले थुप्रैपटक कार्यगत एकता गरेको छ, यो घटना भएको १७ वर्षपछि सरकारले किन यो सम्झौता गर्यो?’
उनले गौर घटनापछि विभिन्न आयोगहरूले छानबिन गरेको र त्यसको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे।
कार्यकारिणी समितिका अध्यक्ष राजकिशोर सिंहले माओवादी सशस्त्र संघर्षका बेला भएका घटनाहरूचाहिँ सत्य निरूपण तथा मेलमिलाप आयोगद्वारा समाधान गर्न खोज्ने तर तराई-मधेसका घटनालाई अपराधीकरण गर्न खोजिनु दुःखद् भएको उनको टिप्पणी छ। ‘गौर हत्याकाण्डको छानबिन प्रक्रिया गलत बाटोमा लगिँदैछ। सम्झौतामा भएका धेरै बुँदमा हाम्रो असहमति छ। सम्झौताको पहिलो बुँदामै जाहेरी भएका भन्ने उल्लेख छ। ती बेलाका जाहेरीहरू नै पूर्वाग्रही थिए,’ प्रवक्ता सुमनले भने।
गौर घटना संसदीय समिति बनाएर छानबिन गर्न जसपाको माग
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।