काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम कार्यान्वयनका लागि २१ मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता हुन् ।
प्रधानमन्त्री र मन्त्रीहरुबीच भएको सम्झौतापत्रमा गर्नुपर्ने प्रमुख काम र काम पूरा गर्नुपर्ने समयसीमा तोकिएको छ ।
सम्झौताअनुसार कार्यसम्पादनको प्रगति मासिक रूपमा प्रधानमन्त्री कार्यालयमा पठाउनुपर्ने र त्यसलाई मासिक तथा वार्षिकरुपमा मूल्यांकन गरिनेछ । कार्यसम्पादन सम्झौताको अवधि एक वर्ष तोकिएको छ । सम्झौता अवधिभरमा मन्त्रीको पद रिक्त भएमा नयाँ नियुक्त हुने मन्त्रीले यस सम्झौताबमोजिमको बाँकी काम गर्नुपर्नेछ ।
सम्झौतापछि प्रधानमन्त्री प्रचण्डले अब सरकारले कार्यसम्पादन मूल्यांकनको आधारमा मन्त्रीहरुका कामको मासिक रिपोर्ट कार्ड पनि बनाउने बताएका छन् ।
उनले कार्यसम्पादनकै आधारमा मन्त्री र सचिवहरुको जिम्मेवारी हेरफेर हुनसक्नेसमेत बताए । अहिले मन्त्रीहरुको कामप्रति आफू सन्तुष्ट हुन नसकेको बताउँदै उनले उनले अब कार्यसम्पादन सम्झौताका आधारमा मन्त्रीहरुको रिपोर्ट कार्ड बन्ने र सम्झौता अनुसार काम नभए मन्त्री, सचिव, विभाग तथा आयोजना प्रमुखको जिम्मेवारी फेरबदल गर्ने चेतावनी दिएका हुन् ।
उनले नेपालको कर्मचारीतन्त्रले तदर्थवादी शैलीले काम गर्ने र परिवर्तनको वेगलाई आत्मसात गर्न सक्छ भन्ने पुष्टि गर्नुपर्ने बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here