रौतहट ।। रौतहट जिल्लामा १७४ घर परिवार बाढ़ीबाट प्रभावित भएका छ । २ दिन देखि भएको अविरल बर्षाको कारण रौतहटको लालबकैया , बागमती र झाझ खोलामा आएको बाढ़ीले जिल्लाको राजपुर नगरपालिका , राजदेवी नगरपालिका , दुर्गा भगवती गाउपालिकाका १७४ घर परिवार प्रभावित भएको हो ।
बाढ़ी आएको सुचना पाउना साथ रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकायका प्रमुख तदरूकताका साथ राहत ,उद्दार तथा बचाब कार्यमा सक्रियता देखाएका हुन ।
अचानक लालबकैया र बागमती नदीमा पानी को बहाव तीब्र हुदा फासेका ११ जनालाइ नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेनाका टोलीले स्रोत साधनको प्रयोग गरी सकुसल उद्दार गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताएका छन ।
बाढ़ी प्रभावित भएको क्षेत्रको स्थलगत निरिक्षण गर्दै प्रमुख जिल्ला अधिकारी मिश्रले बाढ़ीबाट प्रभावित भएर अन्य ठाउमा आश्रय लिएका पीडि़तहरुलाई तत्काल राहतको व्यवस्थापन गरिएको बताए ।
लालबकैया नदीमा आएको बाढ़ी ले रौतहट जिल्लाको राजपुर नगरपालिका वड़ा नम्बर ९ नजिक बांध क्षतिग्रस्त भएकोमा प्रभावित भएका ४८ घर परिवारलाई जिल्ला विपत व्यवस्थापन समितिबाट राहत उपलब्ध गराइएको बताउँदै नगरपालिकाबाट खानेकुराको व्यवस्थापन गराइएको जनाए ।
बाढ़ीबाट प्रभावित भएका व्यक्तिलाई भोकै बस्नु पर्ने अवस्था आऊंन नदिने प्रतिवद्धता जनाए । दुर्गा भगवती गाउ पालिका र राजदेवी नगरपालिकाको वड़ा नम्बर ९ ब्रह्मपुरी नजिक बागमती नदीको बांध जोखिममा पर्ने संभावना देखेर सुरक्षाकर्मीको टोली परिचालन गरी सुरक्षित गर्ने कार्य जारी रहेको जनाए ।
प्रमुख जिल्ला अधिकारी मिश्रले नदीको तटीय क्षेत्रमाँ बसोवास गर्ने स्थानीयहरुलाई सजग र सतर्कता अपनाउन आग्रह समेत गरेका छन ।
बाढ़ीको कारन प्रभावित भएका राजदेवी नगरपालिका वड़ा नम्बर १ , ३,४,८ का ५६ घरपरिवार ,दुर्गा भगवती गाउँपालिका वड़ा नम्बर ५ का ७० तथा राजपुर नगरपालिका ९ का ४८ गरी १७४ घर परिवारलाइ राहत दिने कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय नायव सुब्बा राम नरेश साहले जानकारी दिएका छन ।
जिल्ला विपत व्यवस्थापन समिति द्वारा बाढ़ी पीडि़तलाइ दिइने राहत पैकेटमा चामल २५ किलो , दाल ५ किलो ,आलू ५ किलो , खाने तेल २ लीटर , नून २ किलो , चिउरा ५ किलो , चीनी १ किलो रहेको साहले बताए ।
बाढ़ी प्रभावित क्षेत्रमा पीडि़तहरुलाई राहत दिने कार्य जारी रहेको र थप प्रभावित परिवारको तथ्यांक संकलन हुने कार्य जारी नै रहेकोले प्रभवित घरपरिवारको संख्यामा बृद्धि हुने सकने उहाको भनाइ रहेको छ ।
बाढीको जोखिम रहे पनि आतिनु पर्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक बीर बहादुर बूढ़ामगरले जानकारी दिएका छन । जोखिम रहेको र हुन सकने स्थानमा मरम्त कार्यको लागि सुरक्षाकर्मीको टोली परिचालन समेत गरिएको छ ।
बाढीको पानीले गौरको चारै तीर जलमग्न भएको छ भने सयौ विघा जग्गामा लगाइएको धानबाली डुवानमा परेको अवस्था रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here