काठमाडौं ।। नेपाली राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकप २०२६ को छनोटको प्रारम्भिक चरणको तयारी गरिरहेको छ। उक्त तयारीका लागि नेपालले म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । नेपालले अक्टोबर दोस्रो साता विश्कप छनोटको दोस्रो चरणमा प्रवेशका लागि लाओससँग होम एन्ड अवेका आधारमा प्लेअफ खेल्दै छ। यदि नेपालले दोस्रो चरणमा स्थान बनाएमा युएई, बहराइन तथा यमन र श्रीलंका बिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो चरणका खेलहरू होम एण्ड अवेका आधारमा नोभेम्बर २०२३ र २०२४ को जुनमा हुने छ । पहिलो चरणको तयारीका लागि सेप्टेम्बर ८ र ११ मा म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको हो। दुवै खेल म्यानमारको यांगोनमा आयोजना हुनेछन्। प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले विश्वकप छनोटका लागि प्रारम्भिक टोलिको घोषणा गरिसकेका छन्। क्लोज क्याम्पमा डुरान्ड कप खेलिरहेको त्रिभुवन आर्मी क्लब र एएफसी कप प्लेअफ खेल्न लागेको मच्छिन्द्र क्लबका खेलाडी बाहेक अन्य टिमका खेलाडीहरू सहभागी रहेका छन्। प्रारम्भिक टोलीमा ३० खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here