राैतहट ।। राैतहटकाे माधवनरायण नगरपालिकामा १ दिने समिक्षा तथा प्रगति प्रस्तुतिकरण कार्यक्रम सम्पन्न काे माधवनरायण नगरपालिकामा समिक्षा तथा प्रगति प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ।
World Vision international Nepal र ग्रामीण बिकास केन्द्र नेपाल रौतहटको साझेदारी तथा माधबनारायण न.पा को समन्वयमा संचालित Gift Catalogue project २०२३ को अन्तिम समिक्षा तथा समापन कार्यक्रम अाईतवार माधबनारायण नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ ।
कार्यक्रम काे संचालन ग्रामीण बिकास केन्द्र नेपालका कार्यक्रम प्रबन्धक सन्तोष पहाडीले Gift Catalogue project ले हासिल गरेको उपलब्धि, लाभान्वित जनसंख्या र सिकाइ बारे प्रस्तुतीकरण गर्नुभएको थियो। कार्यक्रम प्रबन्धक पहारीले Gift Catalogue project FY २०२३ बाट माधबनारायण न.पा का २० जना अपाङ्गता भएका बालबालिका र २४ जना अपाङ्गता भएका बयस्क व्यक्तिहरु प्रतक्ष्य लाभान्वित भएको जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै ग्रामीण बिकास केन्द्र नेपाल रौतहटका अध्यक्ष पारस हुसेनले RDC Nepal ले बिगत लामो समय देखि बिपन्न, गरिब, अपाङ्गता भएका, अल्पसंख्यक र पछाडि पारिएका जनसमुदायको हकहित र कल्याणकारी काम गर्दै आएको बताउदै आगामी बर्स देखि माधवनारायण नगरपालिकामा थप जीविकोपार्जन सम्बन्धि कार्यक्रम संचालन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो र कार्यक्रमकाे प्रमुख अतिथि माधवनरायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादव (बैजु) ले समापन सत्रमा बोल्दै समाज बिकास र लोक कल्याणकारी कार्यमा ग्रामीण बिकास केन्द्र नेपालले पुराएको योगदान को प्रसंसा गर्दै, संस्थाले संचालन गर्ने हरेक गतिविधिमा पालिकाको पूर्ण साथ सहयोग रहने जिकिर गर्नुभएको थियो ।
कार्यक्रममा माधबनारायण नगपालिकाकाकि उप-प्रमुख निर्मला देवि रमण, ग्रामिण बिकाश केन्द्र कि काेषाध्यक्ष ममता झा, बिनाेद कुमार दास , बिषयगत शाखा प्रमुखहरु, वडा अध्यक्षहरु, ग्रामीण बिकास केन्द्र नेपाल रौतहटका कार्यकारी समिति, कर्मचारी, पत्रकार स्वास्थ्यकर्मी लगायतका ब्यक्तिहरूकाे उपस्थिति रहेको थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here