काठमाडाैं ।। भारतको चन्द्रयान-३ अन्तरिक्षयान दुई दिनअगाडि अगष्ट ५ मा चन्द्रमाको कक्षमा प्रवेश गरिसकेको छ । चन्द्रमाको कक्षमा प्रवेश गर्ने चरण पार गरेपछि चन्द्रयानले यतिबेला चन्द्रमाको पहिलो तस्वीर पनि पठाएको छ ।
गत महिना जुलाई १४ मा एलभीएम ३-एम४ रकेटबाट चन्द्रयान-३ लाई अन्तरिक्षमा पठाइएको थियो । आन्ध्र प्रदेशको श्रीहरिकोटा स्पेस सेन्टरबाट रकेट प्रक्षेपण गरिएको थियो ।
भारतको अन्तरिक्ष संस्था इसरोले यतिबेला चन्द्रयान-३ अभियान सञ्चालन गरिरहेको हो । इसरोले चन्द्रयान-३ अन्तरिक्षयानले चन्द्रमाको कक्षमा प्रवेश गरेसँगै पहिलो तस्वीर पठाएको जानकारी दिएको छ ।
चन्द्रयान–३ नामक ट्वीटर ह्यान्डलबाट चन्द्रयानले पठाएको चन्द्रमाको तस्वीर पनि सार्वजनिक गरिएको छ । जहाँ हामी चन्द्रमाको सतह देख्न सक्छौँ । चन्द्रयान-३ अभियानका लागि अगष्ट २३ निकै महत्त्वपूर्ण समय हुनेछ । किनभने त्यसदिन चन्द्रयानले चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने इसरोले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here