काठमाडौँ ।। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी पार्टीजस्तो हुन नसकेको बताएका छन् । राजधानीको प्रज्ञा भवनमा बुधबार सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै प्रचण्डले पार्टी पार्टीजस्तो नभएकाले सुदृढीकरण आवश्यक रहेको औँल्याएका हुन्।
पार्टीको जारी केन्द्रीय समिति बैठक पार्टीलाई व्यवस्थित बनाउने विषयमा केन्द्रित हुने प्रचण्डले बताएका छन्।
आजको बैठक लाइभ गर्ने भनिए पनि बिहान बसेको पार्टीको बैठकले लाइभ नगर्ने निर्णय गरेको थियो।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।