जनकपुरधाम ।। मधेस प्रदेश सरकारमा रहेका बिना विभागीयमन्त्री वशसन्त कुशवाहा र राज्यमन्त्री संजयकुमार यादवले राजीनामा दिएका छन्।
जनमत पार्टीका संसदीय दलका नेता महेश यादवका अनुसार दुबैजनाको स्थानमा चन्दन सिंह र मन्जु खणलाई पठाइने छ।
मुख्यमन्त्री सरोजकुमार यादवसँगै बिना विभागीयमन्त्रीको रूपमा सपथ लिएका कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मा दिइएको थियो तर गठबन्धन दल फेरिएपछि मन्त्रिमण्डल पुर्नगठन हुँदा उनलाई विना विभागीय गरिएको थियो।
आज मन्त्रीपरिषद् बिस्तार हुन लाग्दा मन्त्री कुशवाहा र राज्यमन्त्री यादवले पार्टीको निर्देशनमा पदबाट राजीनामा दिएका हुन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।