सांकेतिक तस्विर

काठमाडौँ ।। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने कुरामा हरेस खान नहुने बताएका छन् ।
आइतबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले यस्तो बताएका हुन् ।
उनले कम्यनिस्ट पार्टीहरू आफ्ना-आफ्ना पसल थापेर बसेको भन्दै सबैलाई एक ठाउँमा ल्याउन जरुरी रहेको बताए । कम्युनिस्टहरू जति धेरै विभाजित हुन्छन्, त्यत्ति धेरै नोक्सान हुने उनकाे भनाइ छ।
अध्यक्ष नेपालले भने, ‘कमरेड वामदेव गौतमले कम्युनिस्ट पार्टी शक्तिलाई मिलाऊँ भनेर जोड दिनुभयो। सबै कम्यनिस्ट पार्टीहरू आफ्ना-आफ्ना पसल थापेर बसेका छन्, आफ्ना आफ्नै पाराले चलिरहेका छन्। त्यसका बाबजुत पनि हामीले हरेस खानु हुँदैन। जति धेरै कम्युनिस्ट शक्तिलाई मिलाउन सकियो, त्यत्ति हामी बढी शक्ति आर्जन गर्नसक्छौँ। जति हामी विभाजित बन्छौँ, त्यत्ति धेरै नोक्सान हुन्छ ।’
उनले कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गराउन आफू सकारात्मक रहेको पनि बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here