काठमाडौँ ।। काठमाडौँको सिनामंगलस्थित एक ज्वेलर्स अगाडि राखिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ। शङ्कास्पद बस्तु राखेको आरोपमा एक युवक पक्राउ परेका छन् । रकम माग्दै सिनामंगलस्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि बम राख्ने काममा संलग्न भएको अभियोगमा प्रहरीले सिसिटिभी फुटेजका आधारमा रौतहटका २८ वर्षीय खजन्ती पासवानलाई पक्राउ गरिएको एसपी सिताराम रिजालले बताए । यद्यपि शङ्कास्पद बस्तुमा बम भने नरहेको प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलमा नेपाल क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here