काठमाडौं ।। सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ। काठमाडौंको नामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि शंकास्पद वस्तु फेला परेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले शंकास्पद वस्तु फेला परेको स्थान वरपरको क्षेत्रलाई नियन्त्रणमा लिएको छ।
बम डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर भइसकेको परिसरका प्रवक्ता सिताराम रिजालले जानकारी दिए।
‘गौशालाका डिएसपी नेतृत्वको टोली घटनास्थलमा पुगिसकेको छ। घटनास्थल आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here