सिरहा ।। सिरहामा एक प्रहरी जवानलाई हातखुट्टा बाँधेर यातना दिएको घटना बाहिरिएको छ । प्रहरी जवान अनु रायलाई बाँधेर यातना दिइएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
पीडित पक्षले प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमन्त राईले रायलाई यातना दिएको आरोप लगाएको छ । यस विषयमा सुरक्षा निकायको बैठक बसेको छ ।
इन्स्पेक्टर राईकै कमान्डमा जवान रायलाई निरन्तर अधिक ड्युटी गराएपछि उनले हवल्दारसँग गुनासो पोखेका थिए । हवल्दारले उनको गुनासो इन्स्पेक्टर राईलाई सुनाए । त्यसपछि पीडित रायलाई इन्स्पेक्टर राईले बोलाएका थिए । त्यस क्रममा इन्स्पेक्टर राईले गालीगलौज गरेपछि दुवै जनाबीच विवाद भएको पीडितका भाइ रजनीश रायको दाबी छ ।
भनाभनपछि उनलाई बाँधेर यातना दिइएको रजनीश बताउँछन् । तर, प्रहरीले आफूहरूले कुनै प्रकारको याताना नदिएको प्रतिक्रिया दिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here