मुम्बइ ।। बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म ‘ओ माइ गड २’ को टिजर सार्वजनिक भएको छ। मंगलबार भायकम १८ स्टुडियो युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा परेश रावललाई नास्तिक, पंकज त्रिपाठीलाई आस्तिक र अक्षय कुमारलाई भगवान शिवको रूपमा प्रस्तुत गरिएको छ। सोमबार सामाजिक सञ्जालमार्फत टिजरको एक झलक सार्वजनिक गरिएको थियो। टिजरको झलक सार्वजनिक भएसँगै निर्माण टिमलाई धार्मिक भावनामाथि ठेस नपुर्‍याउन चेतावनी आएको थियो। सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रभासको फिल्म ‘आदिपुरुष’ ले धार्मिक भावनामा ठेस पुयाएको बताउँदै उक्त गलती नदोहोर्‍याउन चेतावनी दिएका थिए ।
अमित राय लिखित तथा निर्देशित फिल्ममा अक्षय, परेश र पंकजसँगै यामी गौतमको मुख्य भूमिका छ । यो फिल्म अगस्ट ११ देखि प्रदर्शन हुँदैछ। यहि मितिमा सनी देओल र अमीषा पटेलको फिल्म ‘गदर २’ पनि प्रदर्शन हुनेछ।
सन् २०१२ मा प्रदर्शन भएको फिल्म ‘ओ माइ गड’ बक्स अफिसमा हिट भएको थियो। फिल्ममा परेश रावलले भगवानलाई अदालतमा मुद्दा हालेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here