काठमाडौं ।। अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिएका छन् । उनी बिहीबार काठमाडौं रातोपुलस्थित आफ्नै निजी निवासमा राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।
घटनास्थलको मुचुल्कापछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । उनको मृत्युको कारणबारे नखुलेको र अनुसन्धान भइरहेको एसपी रिजालले जनाए ।
फिल्म ‘रानी’बाट अभिनय करिअर थालेका सारुकले ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डन’मा अभिनय गरेका छन् । उनी पछिल्लो समय फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा व्यस्त थिए । यो फिल्मको अहिले ४५ प्रतिशत मात्र छायांकन सकिएको छ ।
सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।