रौतहट ।। आम जनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्रीं प्रभु साहले केही मुठ्ठीभर सम्भ्रान्त मानिसले मात्रै बैंकबाट ऋण पाउने अवस्थाको अन्त्य हुनेगरी कानुन निर्माण गर्न सरकारसँग माग गरेका छन्।
आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा बाेल्दै ‘मान्छे जानीजानी ठगिन बाध्य हुन्छ। ठगिने परिवेश कसले निर्माण गर्यो? बैंकले ऋण नदिने भएकाले मानिस जानीजानी धेरै ब्याज तिरेर व्यक्तिसँग ऋण लिन बाध्य छ। गरिवले बैंकबाट ऋण लिन पाउने अधिकार पनि छैन?’ उनले प्रश्न गरे। गरिबलाई आत्महत्याका लागि प्रेरित गर्ने, ठगिन विवश बनाइ राज्यको निकाय र बैंक संचालक के गरेर बसेका छन् भनी उनले प्रश्न गरे।
सांसद साहले मान्छे बैंकबाट ऋण लिन नपाएर ठगिन विवश भएको भन्दै गरिबले पनि बैंकबाट ऋण लिन पाउने अधिकारको उपयोग गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए। उनले गरिब जनताबाट निक्षेप संकलन हुने तर केही मुठ्ठीभर मानिसहरूले मात्रै ऋण पाउने अवस्थाको अन्त्य नभएसम्म मुलुकमा समृद्धि सम्भव नरहेको बताए।
जनताले निक्षेप पूँजी समेत नपाउने विडम्बना रहेको उल्लेख उनले गरे। ‘बैंकको ऋण मुठीभर मानिसहरुको हातमा छ। अरु त छोडिदिनुस् जनताको निक्षेप पूँँजी समेत त्यहाँका जनताको पाउँदैनन्,’ उनले भने।
अध्यक्ष साहले निक्षेप संकलन भएकाले बैंकहरू खुशी भए पनि ऋण नपाउँदा गरिब जनता मारमा परिरहेको जानकारी सरकारलाई गराए । ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा आम जनता बैंकहरूबाट ऋण नपाएपछि मिटरब्याजीको मारमा परेर आत्महत्या समेत गर्न बाध्य भएको उल्लेख गर्दै उनले सरकारले आम जनतालाई बैंकहरूबाट ऋण लिने व्यवस्था गर्नुपर्ने बताए।
बैंकबाट ऋण लिन नपाएर जनता ठगिन विवश भए : सांसद साह
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












