काठमाडाैं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा बनाएर वामपन्थी एकता गर्न लागेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीका एकजना संस्थापक नारायण विलास जोशी स्मृतिको ३४ औं स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले फेरि कम्युनिष्ट पार्टी एकताको दिशामा अगाडि बढ्ने उद्घोष गरेका हुन् ।
उनले भने,‘अहिले क. माधव कुमार नेपाल, म लगायत,क. विप्लव र क. उपेन्द्र यादव समेतले फेरि एकचोटी समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकताबद्ध गर्ने पहल सुरु गरेका छौं ।’
उनले फेरि समाजवादी मोर्चा हुँदै नेकपातिर फर्कन पर्ने बताए। प्रचण्डले झण्डै दुई तिहाई भएको नेकपा एकचोटी असफल भयो भन्दैमा पछाडि हट्न नहुने भएकाले कम्युनिष्ट एकतामा जुट्नुपर्ने धारणा राखे। प्रचण्डले स्मृति दिवसको अवसरमा नारायण विलास जोशी प्रतिष्ठान भवनको उद्घाटन एवम् प्रतिमा अनावरणसमेत गरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here