काठमाडौँ ।। पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । बाँकेमा उनीविरुद्ध दायर ठगी मुद्दाका आधारमा उनलाई प्रहरी वृत्त, बानेश्वरको टोलीले काठमाडौँबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए ।
बाँके प्रहरीसँगको समन्वयमा उनलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि उनलाई बाँके लैजाने तयारी भइरहेको छ ।रौनियार पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित पूर्वसांसद् समेत हुन् । उनी संघीय समाजवादी फोरमबाट सांसद् निर्वाचित भएका थिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












