विराटनगर ।। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री कार्कीले सदनमा विश्वाको मत प्राप्त गर्न सकेनन् । बहुमत जुटाउन नसकेपछि कार्की पदमुक्त भएका छन् । वहुमत पुर्याउन ४७ मत आवश्यक पर्दथ्यो । कार्कीले ४६ मत प्राप्त गरे । मत विभाजनमा ८९ सांसद उपस्थित थिए ।
शुक्रबार कोसी प्रदेशसभाको बैठकमा विश्वासको मत लिने प्रयोजनका लागि सदनमा उठेका जिज्ञासाको जवाफ दिएर कार्कीले मत विभाजन गराउन सभामुख बाबुराम गौतमसमक्ष आग्रह गरेका थिए । कार्कीले ४६ मत प्राप्त गरे । कार्कीलाई एमालेका ४० र राप्रपाका ६ सांसदले मत दिए । विपक्षमा ४३ मत खस्यो ।
जसपाका एक र गठबन्धन दलबाट दुई सांसद मत विभाजनमा अनुपस्थित थिए । मुख्यमन्त्री कार्की पुस २४ गते नियुक्त भएका थिए । २५ गते शपथग्रहण गरेका थिए । उनी ६० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
काेसी सरकार ढल्यो,मुख्यमन्त्री कार्की पदमुक्त
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।