राैतहट ।। नगर प्रमुखले नगर सभाका बहुमत सदस्यलाइ अधिकारबाट बंचित गर्दै तानाशाही रुपमा अल्पमतले गरेको नगर सभा बदर गर्नु पर्ने मांग गर्दै गरुडा नगरपालिकामा गरिएको तालाबंदी तेस्रो दिन जारी रहेको छ ।
नगर उपप्रमुख पूनम कुमारी चौधरी सहित ३१ जना वड़ा अध्यक्ष सदस्यहरुले नगर प्रमुख कन्थमणि जायसवालको तानाशाही प्रवृतिको विरुद्ध गरुडा नगरपालिकामा तालाबंदी गरेर धरनामा बसेका छन ।
आषाढ़ १० गतेका दिन गरुडामा रहेको कलवार धर्मशालामा आयोजना गरिएको ९ औ नगर अधिबेशनमा नगर प्रमुख जायसवालले १५ जना सदस्यको उपस्थतिमा गरेको नगर अधिबेशन गणपूरक संख्या नभएकोले बदर गर्नु पर्ने मांग उपप्रमुख चौधरीले बताएका छन ।
गरुडा नगरपालिका वड़ा नम्बर २,३,६,७,८,९ का वड़ा अध्यक्ष र सदस्य गरी ३१ जनाले लिखित रुपमा नगर सभा स्थगित गर्न निबेदन दिएपनि नगर प्रमुख जायसवालले बलपूर्वक नगर अधिबेशन गरेको उहाको भनाइ रहेको छ ।
उपप्रमुख चौधरीका अनुसार उपमेयरको संयोजकत्वमा भएको समितिको बैठक गर्न नदिएको र कार्यपालिकाको बैठकमा बजेट सम्वन्धी केहि छलफल नै नगरी एकतर्फी रुपमा नगर अधिबेशन गरेको हो ।
आर्थिक वर्ष २०७९÷०८० को हिसाव किताब सार्वजानिक नगरेको , बजेट आफ्नो मॉनोपोली ढंगबाट खर्च गरेको , नातगोताका व्यक्तिले कर्मचारीमा भरना गरेको आरोप आन्दोलनकारीहरुको रहेको छ । नगरपालिकामा अनियमितता बढेकोले मेयरले भ्रस्टाचार लुकाउन प्रयास गरेको बताइएको छ ।
नगर पालिकामा गरिएको तालाबंदीको कारन कार्यालयको कामकाज पूर्ण रुपमा प्रभावित भएको छ ! आर्थिक मसान्तको समयमा कार्यालयमा तालाबंदी गरेकोले आर्थिक कारोबार समेत प्रभावित भएको हो ।
नगर प्रमुख जायसवाल र प्रमुख प्रशासकीय अधिकृत हेमराज फुइयालले समेत कार्यालय आऊंन छाड़ेका छन भने समस्या समाधानको तरफ कुनै पहल नगरेको बुझिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here