रौतहट ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को बजेट निति तथा कार्यक्रम निर्धारित समयमा ल्याएका छन ।
गत बर्ष पनि आषाढ़ १० गते भन्दा पहिला बजेट प्रस्तुत गरेका राजदेवी नगरपालिकाले चालू आर्थिक बर्षमा पनि जिल्ला भरीमा रहेका १८ स्थानीय तहमा पहिलो पटक आषाढ़ ६ गतेमा बजेट तथा निति कार्यक्रम प्रस्तुत गरी सकेका हुन ।
समुन्नत भौतिक ,आर्थिक रसामजिक पूर्वाधार सहित सांस्कृतिक रुपमा मौलिक र उत्कृस्ट नगरपालिका बनाउने सोच तथा आतंरिक आयको बृद्धि गर्दै मानवीय तथा भौतिक विकासको पक्षमा ध्यान केंद्रित गर्दै आर्थिक विकासको आधार तय गर्ने लक्ष्य सहित नगर प्रमुख भिखारी प्रसाद यादवले पूर्ण बहुमत सहमतिमा बजेट निति तथा कार्यक्रम ल्याएका हुन ।
निति कार्यक्रम कार्यान्वयनको लागि आर्थिक वर्ष २०८०÷०८१ को लागि ४६ करोड़ ४० लाख १५ हजार रुपैयाको अनुमानित बजेट प्रस्तुत गरिएको छ । निति तथा कार्यक्रममा आर्थिक विकास तर्फ आफ्नो गाउ आफै बनाऊ नारा सहित जनसहभागिताको आधारमा विकास कार्य अगड़ी बढाउने प्रतिबद्धता गरिएको छ ।
कृषक समूहलाई प्रोत्साहन ,बाजारीकरण ,कृषिको आधुनिकरण ,कृषि जन्य तथा नगदे बलि जन्य उद्योग तथा व्यवसायलाई प्राथमिकता , सहकारिमा सवैको पहुंच पुर्याउने निति लिइएको छ ।
कृषि बिमा , सहकारी उत्पादनलाइ बढ़ाबा , युवा स्वरोजगारको लागि सीपमूलक तथा व्यावसायिक तालीम , पशु बिमा ,नस्ल सुधार पर्यटन तथा सस्कृतिको विकास , नदी नाला ,पोखरि ,तालाबको संरक्षण , नगरपालिकामा औधोगिक तथा पर्यटन क्षेत्रमा लगनी गर्ने इच्छुक व्यक्तिलाइ प्रोत्साहन गर्ने निति प्रस्तुत गरिएको हो ।
सामाजिक विकास तर्फ शिक्षालाइ स्तरीय बनाऊं विद्यालयको सस्थागत सुधार , भौतिक पूर्वाधार तथा डेस्क बेन्च व्यवस्था , स्वच्छ खानेपानी , प्रयोगशाला , मातृभाषा तथा अंग्रेजी भाषामा अध्यापनमा जोड़ , विधालय भन्दा बाहिर रहेका बालबालिका विद्यालय जाने बातावरण बनाउने , प्राविधिक शिक्षाको लागि निजी क्षेत्र संग सहकार्य गर्ने जोड़ दिइएको छ ।
प्रत्येक वड़ामा स्वास्थ्य सस्थाको सुदृढ़ीकरण ,गर्भवती महिलाहरुलाई स्वास्थ्य सस्थामा प्रसूति गराउने व्यवस्था , महिला सशक्तिकरण र सामाजिक समावेशीकरणमा जोड़ , महिला तथा बालबालिका मेथी होने विभिन्न प्रकारका हिंसा न्यूनीकरणको लागि कार्यक्रम सञ्चालन गर्ने निति लिएको छ ।
पूर्वाधार विकास तर्फमा भवन निर्माण सम्वन्धी आधारभूत निर्माण मापदण्ड २०७२ कार्यान्वयनमा ल्याउने , नगर भित्र शौचालय ,फोहर व्यवस्थापन , हरियालीको लागि बृक्षारोपण , सामुदायिक भवन निर्माण प्रबन्ध गरिने , पक्की सड़क विस्तार , खेलकूदको लागि खेलमैदान , सम्पूर्ण वड़ालाइ जोड़न रिंग रोड निर्माण , सार्वजिनक सवारी सञ्चालनका लागि पहल , पल कलभर्टको अध्यन गरी निर्माण कार्य अघि बढाउने , कृषि भूमिमा सिचाई सुविधा उपलब्ध गराउने ,संचारको विकासका लागि टेलीफोन लाइन विस्तार ,विभिन्न स्थानमा खानेपानी टयांकी निर्माणको योजना प्रारम्भ गरिने उल्लेख गरिएको छ ।
बातावरण तथा विपद व्यवस्थापन तर्फ धुवा मुक्त नगर , एलानी जग्गाको संरक्षण , नदी कटान नियंत्रण , बाजार क्षेत्र व्यवस्थापन गर्न ठाउ ठाउमा सेड निर्माण , स्यानिटरी ल्याण्ड फील साइट पहिचान गरी आवश्यक व्यवस्थापन गरिने छन ।
सस्थागत तर्फ सेवा परबहलाई प्रभावकारी बनाउने , नगरपालिका भित्र सवै सार्वजानिक निकायमा अनिवार्य रुपमा नागरिक सहायता कक्षको व्यवस्थापन , सुचना व्यवस्थापन गर्न रेडिओ संग समन्वय गर्ने , कर्मचारी तथा पदाधिकारीहरुलाई प्रोत्साहन गर्ने निति लिइएको छ ।
प्रस्तुत गरिएको बजेट कार्यान्वयन गर्न समस्याको सामना गर्नु पर्ने अवस्था रहेको छ ।
नेपाल सरकारले आर्थिक समस्याको कारन देखाउँदै बजेट कटौती गरेको कारन अधिकांश स्थानीय तहमा योजना कार्यान्वयन गर्न चुनौतीको सामना गर्नु पर्ने अवस्था रहेको छ ।
राजदेवी नगरपालिकाको बजेट निति तथा कार्यक्रम यस्ताे
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।