काठमाडौँ ।। प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद रघुजी पन्तले सभामुख देवराज घिमिरेलाई समयभन्दा विषयलाई हेरिदिन आग्रह गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै पन्तले कहिलेकाहीँ सभामुखले घडीभन्दा विषयमा बढी ध्यान दिनुपर्ने बताए ।
‘सभामुख महोदय म सकेसम्म विषय संक्षिप्तमै राख्छु । तर, मेरो आग्रह सभामुखलाई के छ भन्दाखेरि कहिलेकाहीँ घडीभन्दा विषयलाई हेरिदिनुपर्ने अवस्था आउँछ,’ उनले भने ।
मुलुक पञ्चायतदेखि गणतन्त्र कालसम्म आइपुग्दा सधैँ असंलग्न परराष्ट्र नीतिमा अडिग रहे पनि पछिल्लो समय त्यसबाट पछि हटेको उनको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै भारत भ्रमण गरेपछि असंलग्न परराष्ट्र नीतिमा खलबल उत्पन्न भएको उनले बताए ।
त्यस्तै, पन्तले भारतले आफ्नो नयाँ संसदमा राखेको ‘अखण्ड भारत’को नक्साको पनि विरोध गरेका छन् । उनले उक्त नक्साको विरोधमा नेपालले कूटनीतिक नोट पठाउनुपर्ने माग गरे ।
भारतले हालै आफ्नो नयाँ संसदमा नेपाली भूभाग लुम्बिनी, कपिलवस्तु र विराटनगर समावेश गरेर नक्सा राखेपछि अहिले यसको व्यापक विरोध भइरहेको छ ।
प्रतिनिधिसभामा आज बिहीबारदेखि आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटउपर मन्त्रालयगत छलफल सुरु भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here