काठमाडौं ।। तापक्रम बढेसँगै तराईका जिल्लाहरुमा तातो हावा (लू) चल्नु का साथै गार्मी अत्याधिक बढेको छ। लूले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भन्दैं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन आग्रह गरेको छ । ‘जल तथा मौसम विज्ञान विभागले तापक्रम बढेसँगै तराईका जिल्लाहरुमा तातो हावा लू चल्न सक्ने सम्भावना रहेको र यसले स्वास्थ्यमा असर पार्न सक्ने भएकाले सचेत रही सुरक्षाका उपायहरु अपनाउन अनुरोध गर्दछौं,’ स्वास्थ्य मन्त्रालयले भनेको छ ।
तातो हावा तथा लू लाग्दाका ७ लक्षणहरु
१. हृद्धयको गति तीब्र हुने
२. श्वासप्रश्वास र रक्तचाप कम हुने
३. शरीरबाट पसिना ननिस्कने
४. टाउको अत्याधिक दुख्ने
५. चक्कर लाग्ने, अचेत हुने
६. शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने
७. छाला सुख्खा, रातो र तातो हुने
लूबाट जोगिने ८ उपाय
१. दिउँसो घरबाट बाहिर ननिस्कने
२. चिसो पानीले नुहाउने
३. फलफूलको रस, पानी पिउने र धेरै पसिनामा आएमा कहिलेकाही जीवनजल पिउने
४. बाहिरै निस्कन परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने
५. खेतवारीमा कामकाज सकभर विहान वा बेलुका गर्ने
६. मदिरा सेवन नगर्ने
७. क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडाजस्ता पेय पदार्थ नपिउने
८. चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here