काठमाडाैं ।। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान साढे ११ बजेदेखि बैठक सुरु भएको हो ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा नियमावली २०७९ को नियम २२२ बमोजिम सार्वजनिक महत्त्वको विषयमा बैठकमा वक्तव्य–जानकारी दिनुहुने छ ।





