रौतहट ।। रौतहटको गौरमा राम जानकी मठको निर्माण कार्यको शिलान्यास भएको छ । गौर नगरपालिका वाड नं. ९ र्सिसियामा अवस्थित रामजानकी मठको नगर प्रमुख शम्भु साहले शिलान्यास गरेका छन् । जिर्ण अवस्थामा रहेको रामजानकी मठलाई निमार्णको लागि शिलान्यास भएको नगर प्रमुख साहले जानकारी दिए छन् ।
धार्मिक सांस्कृतिक मूल्य मान्याता एवम परंरागत रुपमा समाजमा ब्याप्त रहेका नैतिक ब्यवहारहरुको संरक्षण एवम जगेर्नाको लागि मठको भवन निर्माण कार्यको शुभारम्भ भएको छ। मठको भवन शिलान्यास कार्यक्रममा उपनगरप्रमुख शैल देवी साह , वडा अध्यक्ष एवम नगर प्रवक्ता अर्जुन सिंह , मनोज कुमार सिंह ,समाजसेवी राजेन्द्र साह, मुनिन्द्र ठाकुर शिवम सिंह साथै स्थानीय सामाजसेवी एवम बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । नगर प्रवक्ता श्री अर्जुन सिंहज्युले वरिष्ठ नागरिकहरुलाई सम्मान स्वरुप गमछाओढाई कार्यक्रमलाई अगाडि बढाएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here