काठमाडाैं ।। सार्वजनिक खरिद् अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सन प्रालिसहित दुई दर्जन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। तोकिएको अवधिमा निर्माण पूरा नगर्ने कम्पनीलाई कारबाहीका लागि विभिन्न निकायले लेखी पठाएअनुसार सार्वजनिक खरिदले कालोसूचीमाराखेको हो।
कम्पनीहरू ३ देखि १ वर्षसम्मका लागि कालोसूचीमा परेका छन्। कालोसूचीमा परेको अवधिभर उनीहरूले नयाँ ठेक्का प्रक्रियामा सामेल हुन नपाउने कार्यालयले जानकारी दिएको छ।
कारबाहीमा परेका निर्माण कम्पनीमा भरतपुरको कलेज अफ इम्प्लोइमेन्ट प्रालि रहेको। यो कम्पनीलाई तीन वर्ष कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ।
कारबाहीमा पर्नेमा, पप्पु/कोशी एण्ड न्यौपाने जेभी, वाइपी कन्स्ट्रकसन, सप्तकोशी जलाधार–ओम साई एण्ड कम्पनी जेभी, श्री आकृति एडभर्टाइजिङ, थाक ठिनी इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन, एशियन हाइटेक कन्स्ट्रक्सन प्रालि, चन्दन एण्ड हरिओम कन्स्ट्रक्सन सप्लायर्स, फैसल एण्ड अफजल कन्स्ट्रक्सनलगायत रहेका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here