सांकेतिक तस्विर

काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याइने बताएका छन् । मंगलबार नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्डलगायत घटनाको अुनसन्धान गरी निचोडमा पुगिने उल्लेख गरे । उनले ०४६ सालको जनआन्दोलनपछिका सबै उच्चपदस्थ अधिकारीका सम्पत्ति विवरणका बारेमा खोजीनिती गर्ने प्रतिबद्धता पनि जनाए ।
भ्रष्टाचार र ठूला हत्याकाण्डका बारेमा अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउनुपर्ने र ती घटनामाथि गरिने शंकाको निवारण गर्नुपर्ने उनको भनाइ छ ।
“मैले सदनमा पनि भनेको छु– अब भ्रष्टाचारका सबै फाइलहरू खोलिनेछन् । क्रमशः खुल्छन् । खुलाइन्छन् । मैले भनेको छु– २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछिका सबै उच्चपदस्थ अधिकारीका सम्पत्ति विवरणहको बारेमा खोजीनिती गरिन्छ । ठूलाठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजीनिती गरिन्छ । ठूलाठूला भयानक हत्याकाण्डहरू छन्, ती हत्याकाण्डहरूको खोजीनिती गर्नु छ, चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड । त्यसको छिनोफानो भएको छैन,” उनले भने, “नेपाली जनताको मनमा धेरै ठूलाठूला शंकाहरू छन् । के भएको हो भन्ने कुराको सत्यतथ्य आएको छैन । यी सबै कुराहरू पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ, अब केही हुन्छ र हुनसक्छ भनेर ।”
प्रधानमन्त्री प्रचण्डले बुधबारदेखि हुने आफ्नो भारत भ्रमणका क्रममा विद्युत्को बजार क्षमताको ग्यारेन्टी हुने गरी छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भारत भ्रमणमा सिमाना विवादको समाधान गर्ने उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने उल्लेख गरे । आफू अहिले युवा अवस्थाको भन्दा बढी खटिरहेको उनको भनाइ छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here