जनकपुर ।। आज दिउँसो तराईका केही स्थानमा हावाहुरी आउने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार दिउँसो तराई मधेशमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
‘मधेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरी आउने सम्भावना देखिएको हो’, मौसमविद् श्रेष्ठले भने।
यस्तै अज बिहान कोशी र बागमती प्रदेशका एक–दुई ठाउँमा वर्षा भइरहेको छ । यस्तै कोशी प्रदेशको पनि पूर्वी भूभागका एक–दुई स्थानमा अहिले वर्षा भइरहेको मौसमविद् श्रेष्ठले जानकारी दिए।
मौसम महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












