काठमाडाैं ।। टीकापुर काण्डमा दोषी ठहर हुँदै जेलजीवन बिताइरहेका रेशम चौधरीलाई सरकारले आममाफी दिने प्रक्रिया अगाडि बढाएको छ । गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपतिबाट उनलाई माफी दिने तयारी भएको हो । सरकारले चौधरीलाई माफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सर्वोच्च अदालतले यही २ जेठमा चौधरीलाई जन्मकैद गर्ने जिल्ला अदालतको आदेश सदर गरेको थियो । चौधरी १५ फागुन, २०७४ देखि थुनामा छन् ।
उनलाई सजाय माफी दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गरेका छन् । मंगलबार प्रधानमन्त्री शीतल निवास पुगेका थिए । उनले यो विषयमा छलफल गरेको शीतल निवास स्रोतले बतायो । उक्त स्रोतले भन्यो, ‘माफीसम्बन्धी फाइल राष्ट्रपति कार्यालय पुगिसकेको छ । अहिले फाइल अध्ययनको क्रममा छ ।’
चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी पनि अहिले सरकारमा छ । सो पार्टीले सुरुदेखि नै चौधरीलाई जेलमुक्त गर्नुपर्ने माग गर्दै आएको छ । तर, सर्वोच्चले जन्मकैदको सजाय गर्ने जिल्ला अदालतको फैसला सदर गरेपछि सजाय माफीको प्रक्रियाबाट उनलाई जेलमुक्त गर्ने तयारी भएको हो ।
रेशम चौधरीलाई माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












