रौतहट ।। रौतहटमा एकजनाको गोली प्रहार गरी हत्या गरिएको छ । जिल्लाकाे देवाही गोनाही नगरपालिका १ करुनियाका ७० बर्षिय व्यक्तिको गोली हानेर हत्या गरिएको अबस्थामा शब फेला परेको छ ।
अपरिचित समुहले गोलि हनेर ७० वर्षिय शेख तैयबको हत्या गरिएको अबस्थामा विहिवार विहान शब फेला परेको हो ।
हत्या भएका पारिवारिक श्रोतका अनुसार बुधबार राति १२ बजे सम्म घरमै रहेका तैयबको शब घर भन्दा १ किलोमिटर टाढा भेटिदा शंका उब्जिएको छ । टाउकोमा गोली हानेर हत्या भएपनि प्रहरीले अहिले सम्म केही पुष्टि गरेको छैनन । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ ।
रौतहटमा पछिल्लो समयमा अपराधिक गतिविधिमा वृद्धि हुँदै गएको प्रति सर्वसाधारणले चिन्ता व्यक्त गरे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here