जनकपुर ।। नेकपा (माओवादी केन्द्र) ले मधेश प्रदेश सरकारबाट अलग हुने निर्णय गरेको छ। मंगलबार बसेको नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकले मधेश प्रदेश सरकार छोड्ने निर्णय गरेको हो।
सत्ता गठबन्धनको निर्णय विपरीत मुख्यमन्त्री सरोजकुमार यादव अगाडि बढेको आरोप लगाउदै माओवादीले सरकारमा नरहने निर्णय लिएको पोलीटब्यूरो सदस्य भरतप्रसाद साहले जानकारी दिनुभयो।
जसपाले लिएको निर्णयप्रति माओवादीले आपत्ति जनाएको छ। माओवादीले उद्योग, पर्यटन तथा वन मन्त्री सुनीता यादवलाई सरकारबाट फिर्ता बोलाएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here