राैतहट ।। रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर 7 सिसवामा शुक्रबार राती धारिलो हथियार प्रहार गर्दा एक पुरुषको मृत्यु भएको छ! राती करिब 10 बजेको समयमा हथियार लिएर कुर्सी तोड फोर गर्न लाग्दा रोक्न खोज्दा स्थानीय शेख कबिर खानले धारिलो हथियार प्रहार गर्दा स्थानीय 50 वर्षीय यार महमद खानको मृत्यु भएको हो!

कबिर ले कुर्सी तोड्न लाग्दा यार महमदले किन तोरेको भने पछि पहिला देखी हाथमा लिइ राखेका धारिलो हथियार छातीमा बाया तर्फ प्रहार गरे पछि गम्भीर रुपमा घाइते भएका यार महम्दलाइ उपचारको लागि प्रादेशिक अस्पताल गौरमा ल्याउदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवकता प्रहरी नायब उपरिक्षक उमा शंकर यादवले बताएका छन्!

घटना घटेको सुचना पाउने बितिकै प्रहरी घटना स्थलमा पुगे पनि आरोपित त्यहाँबाट पहिला नै भागी सकेकोले खोजी कार्य तिब्र परिएको उहाले बताए! रातीको समय रहेको र सुचना अलि ढिलो आएकोले आरोपित तत्काल भाग्न सफल भए पनि खोजी कार्यको लागि प्रहरी परिचालन गरिएकोले छिटै कानुनी दायारामा ल्याउने प्रहरी नायब उपरिक्षक यादवले प्रतिब्द्धता जनाएको छ!

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here