राैतहट ।। नेपाल नेत्र ज्योति संघले खरिद गरेको जग्गामा रकमको चलखेल भएको छ। 6 महिना पहिला 9 लाख 32 हजारमा खरिद भएको 2 धुर जग्गा नेपाल नेत्र ज्योति संघ काठमाडौँ ले 1 करोड 9 लाखमा खरिद गरेको रहस्य बाहिरिए पछि जग्गा खरिदमा नेत्र ज्योति संघको पदाधिकारीको चलखेल भएको पुस्टि भएको हो ।
2079/6/12 मा रौतहट जिल्लाको गा बी स चन्द्रनिगाहपुर वडा नम्बर 1 किता नम्बर 7243 को 2 धुर जग्गा कल्पना अधिकारी संग 9 लाख 32 हजार जग्गाको मुल्य 1 लाख 32 हजार र घरको 8 लाख राखेर रौतहटको चन्द्रपुर नपा 9 डुमरिया मटीऔन बस्ने धन मायाले खरिद गरेको लेखत बाट देखिएको छ ।
2079 साल चैत्र 26 गतेमा सोहि जग्गा नेत्र ज्योति संघले जग्गाको मुल्यांकन 50 लाख र घरको 59 लाख मुल्यांकन गरि 1 करोड 9 लाखमा खरिद गरेको पारित राजिनामाबाट पुस्टि भैरहेको मालपोत कार्यालय चन्द्रनिगाहपुरका प्रमुख रौशन श्रेष्ठले जानकरी दिएका छन् ।
नेपाल नेत्र ज्योति संघ द्वारा चन्द्रनिगाहपुरमा संचालित आखा अस्पतालका डाक्टर रियाजले संघका रौतहट अध्यक्ष संग मिलोमतो गरेर 40 लाख भन्दा कम मुल्यमा बिक्रि हुने जग्गाको 1 करोड 9 लाख रुपिया थैली राखेर बिक्रि वितरण गराएको बुझिएको छ ।
2 धुर नम्बर भएको सो जग्गामा 8 धुर सार्बजनिक जग्गा मिचेर 10 धुरमा भवन निर्माण कम्पाउण्ड वाल सहित गरिएको छ! डाक्टर रियाजले 2 धुर जग्गा खरिद गरिए पनि कब्जामा 10 धुर जग्गा रहेको स्वीकार समेत गरेका छन् ।
गौर चन्द्रनिगाहपुर सडक खण्ड संग टासिएको नभएको जग्गाको 1 करोड 9 लाखमा बिक्रि भएको कुरा अपत्यारिलो भएको स्थानीयहरुले बताएका छन् । समाचार स्रोतका अनुसार चंद्रपुर आखा अस्पतालमा कार्यरत महिला स्टाफ यशोदा परियारको सासु नाता पर्ने धन मायाको नाउमा 9 लाख 32 हजार मुल्य राखेर खरिद गरेको जग्गा डाक्टर रियाजले अनुचित रुपमा आर्थिक लाभ लिने उदेश्यले त्यहि जग्गा आफ्नै सस्थाको नाउमा 1 करोड 9 लाख मुल्य देखाएर बिक्रि गराएको स्रोतको दाबी रहेको छ । पारित भएको लेखतको ऋणीको नाउमा सम्पर्क नम्बरको महलमा डाक्टर रियाजको मोबाइल नम्बर 9855011786 उल्लेख गरिएको र ऋणी आखा अस्पतालमा कार्यरत कर्मचारीको नातेदार भएकोले शंकास्पद रहेको छ ।
नेपाल नेत्र ज्योति संघको प्रतिनिधि नागेश्वर प्रसाद चौधरी हस्ताक्षर गरे पनि छाप गौर आखा अस्पतालको लगाएकोले आर्थिक चलखेल भएको सहजै अनुमान लगाउन सकिन्छ । जग्गा पारित गराउदा लागेको दस्तूर 4 लाख 90 हजार 5 सय रुपैया नेत्र ज्योति संघले तिरेको छ भने लाभ कर 7 लाख 47 हजार 600 रुपैया पनि संघले नै दिएको बुझिएकोले यो प्रकरणको गहन रुपमा छानबिन हुनु पर्ने जरुरी देखिएको छ ।
जग्गा खरिदमा आर्थिक चलखेल
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।