बारा ।। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुखसहित आठजनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले बुधबार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल ,लेखाअधिकृत सर्मेन्द्र प्रसाद चौधरी,इन्जिनियर अजित कुमार गुप्ता , असिस्टेन्ट सब इन्जिनियर दिनेश कुमार,तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरूद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
यस्तै उपभोक्ता समितिका अध्यक्ष दिनेश प्रसाद यादव,सचिव बैद्यनाथ प्रसाद यादव र कोषाध्यक्ष गीता कुमारी यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।
उनीहरूले अमरपुर जाने बाटोमा माटो पुरी ग्राभेल निर्माण कार्यमा नगरपालिकाको कार्यालय र उपभोक्ता समितिबीच भएको संझौताअनुसार नभएको कामलाई भएको बनाइ झुट्टा बिल बनाइ १० लाख ८ हजार ९ सय रुपैयाँ हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
झुट्टा बिल भरपाइ बनाइ भुक्तानी लिने/ दिने कार्यमा संलग्न निमित्त प्रमुख प्रशासकीय अधिकृत जयसवाल , लेखाअधिकृत चौधरी,इन्जिनियर गुप्ता र असिस्टेन्ट सब इन्जिनियर कुमार,उपभोक्ता समितिका अध्यक्ष यादव ,सचिव बैद्यनाथ र कोषाध्यक्ष गीतामाथि सजायको माग गर्दै १० लाख ८ हजार ९६५ रुपैयाँ बिगोमागसहित आरोपपत्र दायर भएको हो।
सोही घटनामा संलग्न तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत कानुमाथि भ्रष्टाचार निवारण ऐन अनुसारको सजायसहित २ लाख ८४ हजार ८३२ रुपैयाँ बिगो माग गरिएको छ।
नगरपालिकाले मधेश प्रदेश सरकारको अनुदानबाट आर्थिक वर्ष २०७७/०७८ मा संचालित योजनाहरूमा रकम निकासा गरी योजना संचालन एवं सम्पन्न नै नगराइ रकम हिनामिना गरेको तथा भ्रष्टाचारजन्य कार्य गरेको भन्ने उजुरीको आधारमा अनुसन्धान हुँदा बदनियतपूर्वक सरकारी सम्पत्ती हानिनोक्सानी गरेको पाइएको अख्तियारको ठहर छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here