काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा (एमाले)का सांसद टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदैछ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा मुछिएपछि रायमाझी फरार थिए। उनीविरुद्ध बैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । यो प्रकरणमा अहिलेसम्म दुई पूर्वमन्त्रीसहित १३ जना पक्राउ परिसकेका छन् । आइतबार साँझ बुढानिलकण्ठबाट प्रकाउ परेका उनलाई परिसरमा ल्याइएको प्रहरीले जनाएको छ।





