काठमाडौं ।। आम जनता पार्टीका अध्यक्ष एवम् सांसद प्रभु साहले राजनीतिक व्यवस्थालाई अलग राखेर अहिलेको आर्थिक समस्याको समाधान खोज्न थालियो भने समाधान ननिस्किने टिप्पणी गरेका छन् ।
आज मंगलबार प्रतिनिधिसभाको बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै सांसद साहले भने–‘अहिले हामीले अभ्यास गरिरहेको राजनीतिक व्यवस्था जुन छ, यसलाई अलग राखेर आर्थिक समस्याको समाधान खोज्न थाल्नुभयो भने टाउको दुःखेको विरामीलाई घुँडामा मल्हम लगाएजस्तो हुन्छ ।’
उनले अहिले आफूहरुले अपनाएको शासन प्रणालीमाथि नै विचार गर्नुपर्ने बेला आएको सुनाए । उनले लाखौंको संख्यामा युवाहरु शिक्षा र रोजगारीको लागि विदेशिन थालेको डरलाग्दो तथ्यांक सुनाए । उनले नेपाली जनतालाई यो देश र सरकार मेरो हो भनेर किन फिलिङ नभएको भन्दै प्रश्न गरे ।
उनले भने,‘जबसम्म आम नेपाली जनतालाई यो देश र सरकार हाम्रो हो भन्ने फिलिङ दिन सक्दैनौं, के समृद्धि सम्भव छ ? आर्थिक वृद्धि सम्भव छ ?’ नेपालमा शासन मेरो हो भनेर राजनीतिज्ञहरुलाई मात्रै लागेको उनको भनाई छ । उनले आज नेपालमा मुठ्ठीभरका दल र नेतामात्रै शासकजस्तो भएको सुनाए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here