मानिसको आनीबानी, चिन्तन, खानपानका कारण हाम्रो शरीरलाई रोगहरूको भण्डार बन्दैछ। त्यसोभए के हामी पूर्णरूपमा स्वस्थ्य, निरोगी, तन्दुरुस्त जीवन बिताउन सक्दैनौँ ? के हामी कुनै औषधि सेवन नगरी, अस्पतालको चक्कर नलगाई खुशीपूर्वक जीवन बिताउन सक्दैनौँ? सक्छौँ त्यसका लागि अपनाउनुपर्छ यी सात उपाय
१. तनावमुक्त रहनुहोस्
यदि तपाई साँच्चै स्वस्थ रहन चाहनुहुन्छ भने शरिरको साथ साथै दिमागको पनि स्वस्थ राख्नुपर्छ । धेरैजसो रोग मनोवैज्ञानिक र भावनात्मकसँग सम्बन्धित छ । जुन कुरामा कमैले मात्र ध्यान दिने गरेको पाइन्छ । तनावमुक्त रहनको लागि ध्यान गर्न सकिन्छ, मनपर्ने टिभी शो हेर्न सकिन्छ, मनपर्ने काम गर्न सकिन्छ, मनपर्ने ठाउँ घुम्न जान सकिन्छ । जे गर्दा आफु खुशी र तनावमुक्त भइन्छ त्यो कुरा ख्याल राखेमा धेरैजसो रोग लाग्नबाट बच्न सकिन्छ ।
२. दैनिक फलफुल र सब्जीको सेवन गर्नुहोस्
आफ्नो डाइटमा फलफुल र हरियो साग सब्जीलाई पनि समाबेश गर्नुहोस् । हरियो साग सब्जी तपाईको स्वास्थ्यको लागि निकै जरुरी हुन्छ । यसले तपाईलाई स्वस्थ मात्र राख्दैन, तपार्ईको दिमाग पनि अधिक सक्रिय र तेज हुन्छ । यसको नियमित सेवनले तपाईलाई रोगबाट दूर राख्छ साथै क्यान्सर र मुटुको रोगको खतरा पनि कम हुन्छ ।
३. नियमित व्यायम गर्नुहोस
स्वस्थ रहनको लागि स्वस्थ खानेकुराको साथसाथै नियमित व्यायामको पनि उत्तिकै जरुरी हुन्छ । यसले स्वास्थ्यलाई धेरै फाइदा गर्छ । व्यायामलाई आफ्नो दिनचर्याको एक हिस्सा बनाउनुहोस् । खाना खाइसकेपछि कमसेकम आधा घन्टा हिड्ने बानी बसाल्नुहोस् ।
४. रुटिन बनाउनुहोस्
स्वस्थ रहने एक उत्तम उपाय हो, आफुलाई अनुशासनमा राख्नु । यसको लागि एक रुटिन बनाउनुहोस् । खाने, सुत्ने, उठ्ने, व्यायाम गर्ने सबै कुराको रुटिन बनाउनुहोस् । दैनिक सबैकाम रुटिनको हिसावले गर्ने बानी बसाल्नुपर्छ । यसबाट स्वस्थ रहन सकिन्छ ।
५. प्रशस्त पानी पिउनुहोस्
पानी पिउनको लागि तिर्खालाई नपर्खनुहोस् । दिनभरीमा कमसेकम ७–८ गिलास पानी जरुर पिउनुहोस् । यसको साथै कहिलेकाही पानीमा कागती मिलाएर पनि पिउनुहोस् । यसबाट तपाई जहिले हाइडेट रहनुहुन्छ र तौल पनि कन्ट्रोल हुन्छ ।
६. प्रोटिनपुक्त खानाको प्रयोग गर्नुहोस
प्रोटिन शरिरमा अंग, छाला, इन्जाइम, हर्मोन आदि बनाउनको लागि एकदमै जरुरी हुन्छ । यसले हाम्रो शरिरमा धेरै महत्पुर्ण काम गर्छ । प्रोटिनयुक्त आहार खाएमा शरिरमा उर्जा मिल्छ । प्रोटिनको कमि भएमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ र विभिन्न रोगको शिकार हुन सकिन्छ । त्यसकारण स्वस्थ रहनको लागि प्रोटिनयुक्त खानको सेवन गर्नुहोस् ।
७. जंक फुडबाट टाढा रहनुहोस
आधुनिक जीवनशैली अपनाउनेको जमात बढ्दो छ । अचेल जंक फुडको सेवन धेरै हुन थालेको छ । जंक फुडसँग दूरी बनाउन आजको युवापुस्ताको लागि सबैभन्दा ठूलो चुनौती हो । यो बानीले धेरैजसो मानिसहरुलाई हानी गरिरहेको हुन्छ । स्वस्थ रहनको लागि जंक फुडसँग दूरी बनाउनु जरुरी हुन्छ । आफ्नो डाइटमा साग सब्जी र फलफुल समाबेश गर्नुहोस् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here