काठमाडाैं ।। नेपाली कांग्रेसका सांसद सुरेन्द्रराज आचार्यले मन्त्रीको शपथ लिएका छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा नियुक्तिका लागि सिफारिस गरेका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले आचार्यलाई मन्त्री नियुक्त गरी आज दिउँसो शपथग्रहण गराएका हुन् । कांग्रेसले अहिलेको सरकारमा ९ जना मन्त्री पठाएको छ । यसअघि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवको मन्त्रालय भने फेरिएको छ । उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here