मुम्बई ।। बलिउड तथा हलिउडकी सुन्दर अभिनेत्री प्रियंका चोपडा अहिले रिलिजको क्रममा रहेको हलिउड सीरीज ‘सिटाडेल’ का कारण चर्चामा छिन् । यो सीरीजमा प्रियंकाको भव्य एक्शन देख्न सकिन्छ । सीरीजको प्रमोशनको क्रममा प्रियंकाले आफ्नो करियरसंग जोडिएका विभिन्न कुराहरु खुलाउँदै आएकी छिन् । यहि क्रममा एउटा अन्तर्वार्तामा आफ्नो नाकको सर्जरी र डिप्रेशनको बारेमा कुरा गरेकी छिन् । प्रियंकाले आफ्नो नाकको सर्जरीको कारणले तीन वटा ठूला फिल्मबाट आफू निकालिएको कारण आफू डिप्रेशनको शिकार हुनु परेको कुरा बताएकी छिन् । प्रियंकाका अनुसार उनको नाकमा केहि समस्या देखिन थालेपछि डाक्टरले नाकभित्र टीस्यू बढेको र सर्जरी गराउन पर्ने बताएका थिए । ‘सर्जरी त भयो, तर सर्जरीमा केहि गडबडि हुन पुग्यो । जसका कारण मेरो नाक ब्रिज आकारको हुन पुग्यो । सर्जरीपछि मेरा अनुहार नै भिन्दै देखिन थाल्यो, प्रियंका भन्छिन्– ‘यहि कारणले मलाई तीन वटा फिल्मबाट बाहिर निकालियो । फिल्मबाट बाहिरिनु परेपछि करियर प्रारम्भ गर्नु अगाडि नै समाप्त भयो जस्तो मलाई लाग्न थाल्यो । म यसबाट अति नै चिन्तित हुन थालेँ र डिप्रेशनमा गएँ ।’ प्रियंकालाई उनका पिताले उनको नराम्रो समयबाट बाहिर निकाल्नका लागि उनको साथ दिएका थिए । प्रियंकाका पिताले नाकको सर्जरी बिग्रिएकै कारण प्रियंकालाई फिल्मबाट बाहिर निकालिएको कुरा बुझेका थिए । त्यसैले उनले प्रियंकालाई ‘तिमी करेक्टिभ सर्जरी गराउ र म तिमीसंग त्यहि कोठामा रहने छु’ भनेर प्रोत्साहन दिएका थिए । प्रियंकाले सन् २००० मा नाकको सर्जरी गरेकी थिइन् । उनको सर्जरी बिग्रिएका कारण उनलाई फिल्म ‘असर’ बाट निकालिएको थियो । उनलाई व्यंग्य गर्दै विभिन्न लेखहरुमा प्लाष्टिक चोपडा भनेर उपनाम समेत दिइएको थियो, जसका कारण उनको करियरमा नराम्रो असर परेको थियो ।
नाकको सर्जरीपछि डिप्रेशनमा पुगेकी अभिनेत्री प्रियंका
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।