सांकेतिक तस्विर

बारा ।। बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १२ हजार मत कटाएका छन्। २९५९६ गणना हुँदा पछिल्लो मतपरिणाम अनुसार यादवले १२८४८ मतसहित अग्रता लिएका हुन्।
त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ८४८८ मत ल्याएर दोस्रो स्थानमा छन्। यादवले कुशवाहाभन्दा ४५१६ मतान्तरले अग्रता लिएका हुन्। यादवलाई सत्ता गठबन्धनको समर्थन रहेको छ।
यसैगरी एमालेका पुरुषोत्तम पौडेल ४३१० मतसहित तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल १९९१ मतसहित चौथो स्थानमा छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here