बारा ।। आगामी आइतबार हुने बारा क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनलाई ध्यानमा राखी शुक्रबारदेखि तीन दिनसम्म जिल्लासँग जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गरी राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द रहने जनाएको छ । उपनिर्वाचनलाई मध्यनजर गरी सीमानाका बन्द गर्न लागेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । यस्तै, मतदान सम्पन्न नभएसम्म जिल्लाभरि मादक पदार्थ ओसारपसार, बिक्री/वितरण र सेवनमा रोक लगाइएको छ ।
बारा क्षेत्र नं २ भित्र पर्ने हुलाकी राजमार्गलगायत सम्पूर्ण राजमार्गमा वैशाख ९ गते राति १२ बजेदेखि वैशाख १० गते साँझ ७ बजेसम्मका लागि अत्यावश्यकबाहेक सम्पूर्ण आवागमन बन्द गरेको प्रजिअ सापकोटाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here