काठमाडाैं ।। राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । उनलाई आज बिहान श्री एयरलाइन्सको विमानमार्फत नयाँ दिल्ली लगिएको हो ।
उनका निजी चिकित्सक डा. निरज बमका अनुसार राष्ट्रपति पौडेलको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार हुनेछ । स्वास्थ्यमा फेरि समस्या देखिएपछि राष्ट्रपति पौडेल मंगलबार साँझ महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएका थिए ।
चिकित्सकको सल्लाहमा राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिएको डा. बमले बताए । राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्यबारे एम्स अस्पताल र शिक्षण अस्पतालका चिकित्सकबीच कुराकानी भएको र थप परीक्षण तथा उपचारका लागि त्यहाँ लैजाने निर्णयमा पुगिएको हो ।
राष्ट्रपति पौडेलको चाहना नेपालमै उपचार गर्ने रहे पनि चिकित्सकको सुझावमा भारत पठाइएको डा. बमले जानकारी दिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here