काठमाडाैं ।। वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा हेलिकप्टरको प्रयोग नगर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । मंगलवार आयोगका उपन्यायाधिवक्ता एवं सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले प्रेस विज्ञप्ति जारी गर्दै बारा, चितवन र तनहुँ जिल्लामा हुन गइरहेको निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता लागू भइसकेको स्मरण गराएका छन् ।
‘निर्वाचन आचारसंहिता २०७९ को दफा १४ को खण्ड (छ) मा राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट २ जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकप्टर सेवा प्रयोग गर्न सक्ने व्यवस्था रहेको छ । यो व्यवस्था नेपालको भौगोलिक जटिलता रहेका तथा विकट स्थानमा समेत राजनीतिक दलले आफ्नो निर्वाचन प्रचारप्रसार गर्न पाउन् भन्ने उद्देश्यले राखिएको हो । निकट भविष्यमा उपनिर्वाचन हुन गइरहेका उल्लेखित जिल्लाहरूमा निर्वाचन आचारसंहिता बमोजिम हेलिकप्टर प्रयोग नगरी प्रचारप्रसार गर्न सकिने अवधि पर्याप्त रहेको साथै उक्त जिल्लाहरूमा यातायातको सहज पहुँच समेत रहेको छ । यसरी यातायातको सहज पहुँच रहेका स्थानमा राजनीतिक दलका नेता तथा उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसारको लागि हेलिकप्टर प्रयोग गर्नु मितव्ययिताको सिद्धान्त समेतको प्रतिकूल हुन जाने भएकाले संवत् २०८० साल वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवार, दलका नेता तथा कुनै पनि प्रचारकले हेलिकप्टर सेवा प्रयोग नगर्नु हुन सूचित गरिन्छ ।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here